हामी कति असान्दर्भिक ??

बिहानै उठेर कलेज जान लाग्दा दुई युवा युवती नजिकैको सिटमा बसेका थिए । बिहानै उठ्नको झन्झट युवतीले केही खान नभ्याएर स्याउ टोक्दै हिडेको हुनुपर्छ। स्याउ टोकेर बाकी रहेको टुक्रा हातमा थियो। झ्याल तिर बस्ने केटालाई असहज लागेछ क्यारे – स्याउ खाएर बाकी रहेको टुक्रा सडकमा फाल्नुस भनेर झ्याल खोलिदियो।

युवतीको जवाफ निकै सुन्न लाएक थियो । – “म सडकमा कहिल्यै फोहोर फाल्दिन”। मैले पुलुक्क युवतीको अनुहारमा हेरे । युवतीले स्याउको टुत्रा कागजमा पोको पारेर झोलामा हालिन । अनि ” म बदलिन्छु – मेरो देश बदलिन्छ” कान्छा अभियान्ता केपि खनालको सामाज बदल्ने नारा सम्झिए ।

अर्को पट्टी – टोखा छहरे सडक खण्डको गुरुङ गाउको पहिरो मा ६ घण्टा गाडी बिग्रेर बस्यो । ठाउमै बिग्रीएछ बस आवत- जावत ठप्प । सबै मिलेर एम्बुलेन्स लाई बाटो बनाइयो । एम्बुलेन्स बल्ल तल्ल पास भयो । गुरुङ गाउँको छागोमा फोटो खिच्नेहरुको लार्को थियो । पोज पोजमा, तरह – तरहमा, सेल्फी र डेल्फी । जे सुकै भए पनि चिसो पानी र मनमोहक पर्यावरणले जो कोहिको मन लोभ्याउथ्यो । नजिकैको दुई होटलमा भ्याइनभ्याई थियो । नुवाकोट बाट काठमाडौ जाने बस वारिपट्टी छागो नजिक नै रोकिएको थियो । मान्छेहरू अनेक चिज खादै त्यही बगिरहेको खोलामा फाली रहेका थिए।अनि फेरि सम्झिए “खै! कैले बदलिन्छ यो मान्छेहरुको यो बानी ?? “


Your Views
Related News