काठमाडौ : कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा थप ९ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले शनिबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ३ जना महिला र ६ जना पुरुष औपकाठमाडौँचारिक रुपमा पुष्टि गरेका हुन् ।

उनका अनुसार मोरङकी ४३ वर्षीया, मकवानपुरकी ५२ वर्षीया र नवलपरासीकी ३७ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । काठमाडौँका ३ जना ४१ वर्षीय, ५९ वर्षीय र ६५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यसैगरी मृत्यु हुनेमा पर्साका ७५ वर्षीय, महोत्तरीका ७८ वर्षीय र रुपन्देहीका ४० वर्षीय पुरुष रहेका हुन् ।

यो सँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुगेको हो ।

 

Your Views
Related News