कोरोना भाइरसको महामारी विरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीले अहिलेसम्म पनि जोखिम भत्ता पाएका अवस्था |

सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमितलाई अस्पताल सम्म पुर्याउनको लागि ५ वटा एम्बुलेन्सको व्यवस्था गरेको  तर, ६ महिनासम्म दिन–रात, भोक–प्यास नभनि खटिएका स्वास्थ्यकर्मीलाई सरकारले कुनै वास्ता गरेको ।

केहि समय अघि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हेल्थपोस्टसँगको कुराकानीमा भनेका थिए, ‘हामीले फ्रन्टलाइनमा काम गर्न कसैलाई पनि जोखिम भत्ताबाट वञ्चित गरेका छैनौँ।’

तर, सरकारकोे यस्तो झुठो आश्वासनले स्वास्थ्यकर्मीको मनोबल घट्दै गएको हो

अहिले सम्म पनि जोखिम भत्ता नपाउदाँ एम्बुलेन्समा कार्यरत आशिष कट्टेल निरास बनेका हुन्।

‘संक्रमित बचाउनका लागि आफैं मरेर लागिपरेका , तैपनि सरकारले आफ्नो बचन पुरा नगरेको , जसको कारण स्वास्थ्यकर्मीको मनोबल घट्दै गइरहेको छ’ आशिष भन्छन्।

‘हामी ज्यानको बाजीँ लगाएर काम गर्दै छौ। तर, स्वास्थ्य मन्त्रालयले छिट्टै आउँछ भन्ने आश्वासन मात्रै दिएको र विभिन्न वहाना बनाएर छल्ने काम मात्र गरेको उनी भन्छन्, ।’

एम्बुलेन्समा कार्यरत स्वास्थ्यकर्मी आशिष मात्रैको नभई संक्रमित बोक्ने ३० जनाको गुनासो एउटै छ।

‘भत्ताको लागि काम गरेका होइनौं तर सरकार आफंैले गरेको वाचा पुरा गरेन् भन्ने मात्र हो,स्वास्थ्यकर्मी हस्त कठायत भन्छन्,‘अस्पतालका एम्बुलेन्सले संक्रमित बोक्न मान्दैनन्, हामी लागिपरेका छौं, सरकार आफ्नो प्रतिवद्धताबाट पछि नहटोस्, नपन्छिओस।’

सरकारले केहि समयअघि कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका स्वाथ्यकर्मीले पाउने जोखिम भत्ता सम्बन्धि निर्देशिका तयार पारेको थियो।

सो अनुसार फ्रन्ट लाइनमा काम गरिरहेका स्वास्थ्यकर्मीका लागि जोखिमका आधारमा सय प्रतिशत, ७५ प्रतिशत र ५० प्रतिशत दिने निर्णय गरेको थियो। सोहि अनुरुप असार मसान्तसम्मको कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई ७२ करोड बजेट निकासा गरेको थियो।

तर, उक्त बजेटमा फ्रन्टलाइनमा काम गर्ने सबै स्वास्थ्यकर्मीले स्थान पाउन सकेका छैनन्।

स्वास्थ्यकर्मी ,संगठनले भने सरकारले फ्रन्टलाइनमा काम गरिरहेका स्वास्थ्यकर्मीलाई नसमेटेर प्रशासन तहका कर्मचारीलाई जोखिम भत्ता दिएको आरोप लगाउदै आएको छन्।

 

  • मन्त्रालयको आश्वासन मात्रै

केहि समयअघि सबै स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएको दावी गर्दे आएका डा.गौतमले यो विषयमा भने गतिलो जवाफ फर्काउन सकेनन्।

उनले बारम्बार भन्दै आएका थिए मापदण्ड अनुसारको जोखिम भत्ता सम्बन्धित निकायलाई निकासा गरिसकेका छौं, त्यहाँबाट वितरण नभएको भए थाहा छैन्।

एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीको भत्ताको बारेमा डा. गौतमले एक शब्दमा जवाफ दिदै स्वास्थ्यकर्मीले ढिलोचाडो जोखिम भत्ता पाउँने आश्वासन दिए।

‘सबै स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएका छन् उहाँहरुको हकमा के भयो मलाई थाहा छैन्, तर उहाँँहरुले छिट्टै जोखिम भत्ता पाउँनुहुन्छ’डा. गौतमले भने।

 

Your Views
Related News