काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री बन्दा उमेर ४५ वर्ष थियो। ०५१ को मध्यावधि निर्वाचनपछि बनेको तत्कालीन एमाले नेतृत्वको सरकार ९ महिनामै ढलेपछि उनी प्रधानमन्त्री बने । त्यति बेला उहाँ ४८ वर्ष हुनुहुन्थ्यो ।अहिले उहाँको उमेरले समेत ७५ वर्ष पुगिसकेका उनी राजनीतिक विश्राम लिन भने अझै तयार छैनन् । पार्टीको १४ औं महाधिवेशनमा पनि उनी सभापतिको प्रत्याशीका लागि तयारी गरिरहेका छन् ।

सत्ता र शक्तिको भोग गर्ने बानी परेपछि नमरुन्जेल राजनीति छाड्न नसक्ने संस्कृति बसेको छ । हिजो गिरिजाप्रसाद कोइरालामा देखिएको थियो, आज शेरबहादुर दाइमा देखिएको देखियो।’

राजनीतिको उत्तरार्द्धमा गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले सक्रिय राजनीतिको मोह त्यागे गर्ने व्यक्तिमा पर्छन । तर, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला निधन हुँदाका बखत पार्टी सभापति नै रहे । अहिले देउवा र पौडेलका लागि पनि उत्तराधिकारी प्राथमिकतामा परेको छैन । कांग्रेस नेता मीनेन्द्र रिजाल पार्टीको संगठन बलियो बनाउन हरेक नेताले ६५ वर्ष पुगेपछि राजनीतिबाट विश्राम लिनु उपयुक्त हुने धारणा व्यक्त गर्छन् । ६३ वर्षका रिजालले चौधौं महाधिवेशनलाई आफ्नो राजनीतिक करिअरका लागिसमेत अन्तिम मौका परीक्षाका रूपमा लिएका हुन् ।

पार्टीले ६५ वर्ष उमेरमाथिका नेतालाई राख्न ज्येष्ठ राजनीतिज्ञ सभा व्यवस्था गरेको छ । पार्टीको क्रियाशील पदमा नभएको व्यक्तिलाई यस्तो सभामा ल्याउन मिल्छ । रिजाल ६५ वर्ष उमेरपछि राजनीतिज्ञ सभामा बसेर पार्टीका लागि उपयुक्त सल्लाह सुझाव दिन उचित हुने बताउँनुहुन्छ। उनले १२ वर्षअघि केन्द्रीय कार्यसमितिमै ६० वर्षको उमेर हद राख्नुपर्ने प्रस्ताव गरेका हुन , तर पछिल्लोपटक उनले ६५ वर्षको उमेर हदको प्रस्ताव अघि सारेका छन्

कांग्रेसमै सबै बीपी हुँदैनन् । गिरिजाप्रसाद कोइरालाजस्तो क्रियाशील हुन पनि सक्दैनन्,’ रिजालले भने, ‘म ६५ वर्ष पुगेपछि कुनै पनि पदमा उम्मेदवार हुन्न । पार्टीका सबै साथीहरूले यसै गरे युवाले नेतृत्व लिने वातावरण बन्छ, पार्टी पनि बन्छ ।’

उमेरको दबाबमा रहेकाले पनि शेखर यसपटक आफूलाई सहयोग गर्न शशांकलाई फर्काइरहेका हुन् । प्रकाशमान सिंह ६५ र निधि ६४ वर्षका हुन् । यसैपटक नलडे अर्को पाँच वर्ष पनि परिस्थिति प्रतिकूल हुने उनीहरूको बुझाइ हो । पार्टीभित्र विचार निर्माणमा अहिल्यैदेखि युवाको हस्तक्षेप बढेको छ । अर्कोपटक नेतृत्वकै लागि हस्तक्षेप हुने देखिन्छ । त्यसमा उमेर पनि ढल्केपछि प्रतिकूल अवस्था हुने बुझाइ सभापतिका सबै आकांक्षीको छ । १४ औं महाधिवेशनबाट महामन्त्री बन्ने र १५ औंमा सभापति हुने युवा नेता थापाको तयारी अहिल्यैदेखि चलेको छ ।

कांग्रेसमा दोस्रो तहका अन्य नेताहरू पनि अधिकांश ७० वर्ष कटेका छन् । गोपालमान श्रेष्ठ र अर्जुननरसिंह केसी ७३ वर्ष पुगिसकेका छन् । कृष्णप्रसाद सिटौला ७१ वर्षका छन् भने रामशरण महत ७० वर्षका भए । विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, बलबहादुर केसी, महेश आचार्य ६५ वर्ष कटेका छन् । केन्द्रीय कार्यसमितिमा ५० देखि ६० वर्ष उमेर समूहका नेताहरूकै बाहुल्य छ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका नेता गोविन्द पोखरेल जतिसुकै लोकप्रिय भए पनि बीसौं वर्षसम्म निरन्तर एउटै व्यक्तिले पार्टीको नेतृत्व लिँदा पार्टी बहुआयामिक रूपमा चल्न नसक्ने बताउँछन् । उनका अनुसार विकासको गतिसँगै नेतृत्वको परिवर्तन पनि समाजले खोजेको हुन्छ । कांग्रेस नेतृत्वमा रहेका देउवा र पौडेल एक समय लोकप्रिय नेता थिए । तर, अहिले दुवैप्रति पार्टी र समाजको आकर्षण घटेको छ । पार्टी र सरकारको नेतृत्वमा छँदा गरेका शासकीय कमजोरी र गलत निर्णयका कारण देउवाप्रति आम विश्वास गुमेको छ । परम्परागत पुस्ताको सोच र धारणा राख्ने नेतृत्वबाट अहिलेको आधुनिक प्रविधिको समयमा अभ्यस्त युवा जमातलाई पार्टीमा जोड्न सकिँदैन भन्ने तर्क पनि उठिरहेको छ । युवा नेता प्रदीप पौडेलले भने, ‘स्वाभाविक बहिर्गमन नरोजे ७० वर्षपछि अनिवार्य अवकाश लिन बाध्य नपार्ने हो भने पार्टीले नयाँ पुस्ताको विचार र चाहनालाई डोर्‍याउन सक्दैन ।’

निर्वाचन आयोगका अनुसार ०७४ को निर्वाचन तथ्यांकमा ४० वर्षभन्दा कम उमेरका मतदाता ८० लाख ७१ हजार ३ सय ६९ हुन्  । कांग्रेस केन्द्रीय कार्यसमितिमा अहिले ४० वर्षको उमेर समूहको प्रतिनिधित्व गर्ने एक जना पनि हुनपाएका छैनन् । केन्द्रीय कार्यसमितिमा गगन थापा कान्छा सदस्य छन् । उनी अहिले ४४ वर्षका हुन् । राष्ट्रिय युवा परिषद् ऐन २०७२ को परिभाषाअनुसार १६ वर्षदेखि ४० वर्ष उमेर समूहलाई मात्रै युवा भन्नुपर्छ । बाहिरका धेरै मुलुकमा १८ वर्षदेखि ३५ वर्ष उमेर समूहलाई युवाको परिभाषाभित्र राखिएको छ । संयुक्त राष्ट्रसंघले १५ देखि २९ वर्षसम्मकालाई युवा भनेको छ ।

उमेरका कारण देउवा र पौडेलपछिको पुस्ता सबैभन्दा बढी दबाबमा छ । यसपटक नेतृत्वमा आउन नसके कहिल्यै आउन नसकिने बुझाइ उनीहरूमा देखिन्छ । युवा नेता पौडेल पनि पहिलो पुस्ताका नेताहरूले अवकाश रोज्नुपर्ने बताउँछन् ।

‘एकातिर कम्युनिस्ट जनमत बढ्दो छ । उनीहरूसँग प्रतिस्पर्धा गर्न नेतृत्वमा डाइनामिक हुन आवश्यक छ,’ उनले भने, ‘अहिलेको नेतृत्वले समयको गतिलाई बुझ्न सकेको छैन । पार्टीको सैद्धान्तिक पक्षमा अपडेट छैन । भए पनि राम्रोसँग व्याख्या गर्न सक्दैन । समाजको एजेन्डा र चाहनासँग बेपर्बाह छ । ०४७ सालदेखि एउटै नेतृत्वको सिन्डिकेटमा पार्टी चलाइरहेका छन् ।

निरन्तर २७/२८ वर्षसम्म एउटै अनुहारबाट पार्टीमा नयाँ सिद्धान्त र नयाँ धारणा कसरी सम्भब छ?’


Your Views
Related News