
पेरिस : पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वानको आफ्नो पहिलो खेलमा बिहीबार लेन्ससँग स्तब्धपूर्ण हार बेहोर्यो ।
यसै सिजन मात्र बढुवा भएर आएको लेन्स १–० ले विजयी रह्यो ।त्यसमा गनागोले ५७औं मिनेटमा निर्णायक गोल गर्न सफल भए।
स्टार खेलाडी केलियन एमबापेसहित सात खेलाडी कोरोना भाइरसबाट संक्रमित भएको हुँदा यो खेल हुने नहुनेमा शंका थियो ।
लेन्सले यो खेल स्टाडे बोलार्ट डेफेलिस रंगशालामा आफ्ना पाँच हजार समर्थक अगाडि खेलेको हो ।
पीएसजीले अब आइतबार मार्सेविरुद्ध खेल्नेछ, त्यसमा आफ्ना प्रमुख खेलाडी टिममा फर्काउने प्रयास गर्छ।