
काठमाडौँ : विद्युयत प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङलाई इतिहासमा विलय गराइदिएको बताएका हुन् ।
चार वर्षे कार्यकाल सकाएर मंगलबार विदाइ कार्यक्रममा बोल्दै घिसिङले २०७५ वैशाखदेखि औद्योगिक ग्राहकका लागि पनि लोडसेडिङ अन्त्य गरि मुलुकबाट लोडसेडिङलाई इतिहासमा विलय गराउन सफल भएको बताएका छन् ।
उनले सबैको साथ र सहयोगमा नै सम्झदै कहाली लाग्ने त्यो आँध्यारो युगलाई इतिहास बनाउँदै उज्यालो युग सुरुवात गर्न सफल भएको बताउनुभयो ।
उनले भने,’विद्युत् माग र आपूर्तिबीचको सन्तुलित, वैज्ञानिक व्यवस्थापन र इमान्दार प्रयासबाट मुलुकलाई लोडसेडिङमुक्त बनाउन सफल भयौं ।’