बाह्रविसे : सिन्धुपाल्चोक जिल्लाका पहिरोपीडितहरूलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले ‘फुर्के परिवार’को तर्फबाट आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

 

पुर्वमन्त्री बस्नेतको आग्रहमा फुर्के फेमेलीद्वारा नगद वितरण
अविरल वर्षा संगै गएको पहिरोबाट सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका वडा नम्बर ५ बोल्डेमा ५६ घर विस्थापित भएका छन् ।

प्राकृतिक प्रकोपको यो दु:ख संग लडिरहेका पीडित परिवारलाई यसै जिल्लामा कोरोना, बाढिपहिरो लगायत हरेक क्षेत्रमा अग्रणी रुपमा कार्य गरिरहनु भएका पुर्व सुचना तथा सन्चार मन्त्री नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतको आग्रहमा साजन मोक्तानको नेतृत्वमा रहेको फुर्के फेमेलीको तर्फबाट ५६ परिवारलाई रु. ५००० का दरले जम्मा २ लाख ८० हजार नगद र प्राथमिक उपचार बक्स हस्तान्तरण गरिएको छ ।

 

उक्त हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा लगायत पालिका उपाध्यक्ष वडा अध्यक्ष तथा वडा सदस्यहरु र पिडित परिवारहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको संयोजन वडा अध्यक्ष हर्क बहादुर तामाङबाट भएको थियो ।


यसै कार्यक्रममा पालिका अध्यक्षले बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गरिने र हालमा सबै परिवारलाई अन्यत्र सारीएको जानकारी गराउनु भएको छ भने पुर्व मन्त्री बस्नेतले जग्गा व्यवस्थापन भएमा घर बनाउनको लागि आफुले सके सम्मको सहयोग गर्ने बताउनु भएको छ ।

यसैबीच, गाउँपालिका प्रमुख निमा ग्याल्जेन शेर्पालाई पुर्व मन्त्री बस्नेतले आफ्नो तर्फबाट ४००० पिस KN95 मास्क हस्तान्तरण गर्नुभएको छ ।

 

 

 

 

Your Views
Related News