काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूले आफ्नो अन्तिम एक वर्षको पारिश्रमिक पाएका छन्। पारिश्रमिक २०१९ को थियो।

क्रिकेट संघ नेपालले बुधबार २२ राष्ट्रिय खेलाडी र एक भिडियो विश्लेषकलाई पारिश्रमिक प्रदान गरेको क्यानका कोषाध्यक्ष रोशन बहादुर सिंहले भने।

ए ग्रेडका खेलाडीहरूले प्रतिमाह ४५ हजार, बी ग्रेड खेलाडीहरूले प्रतिमाह ३५ हजार र सी ग्रेड खेलाडीहरूले प्रतिमाह २५ हजार पाए।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले गत हप्ता पारिश्रमिकका लागि खेलाडीको नाम मागेको थियो र क्यानले २३ खेलाडीको नाम पठाएको थियो।

यो नाम सूची क्यानको निलम्बनको जारी भन्दा पहिले पठाइएको थियो। आईसीसीले क्यानको निलम्बन अवधिमा खेलाडीहरूको पारिश्रमिक प्रदान गर्दै थियो।

 

Your Views
Related News