काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले कोभिड– १९ को महामारीको समयमा कैदीबन्दीको अवस्था अनुगमन गर्न सुरु गरेको हो।

आयोगका सदस्य सुदीप पाठक नेतृत्वको टोली असोज ५ देखि २५ गतेसम्म सातै प्रदेशका विभिन्न कारागारको अनुगमनमा रहनेछ । उक्त टोलीमा आयोगको केन्द्रीय कार्यालय र प्रदेश कार्यालयबाट सहसचिव तथा अधिकृतहरु सहभागी हुने आयोगका सचिव वेद भट्टराईले विज्ञप्ति निकालेर जानकारी दिएका हुन् ।

पछिल्लो समय देशका धेरै कारागारमा कैदीबन्दीहरुलाई कोरोना संक्रमण भएको हो । कोरोना संक्रमणको समयमा उनीहरुले उपचारको पर्याप्त अवसर पाएको वा नपाएको लगायतका विषयमा आयोगले अनुगमन गर्नेछ ।

कारागारमा रहेका कैदी बन्दीहरुको बाँच्न पाउने अधिकार, स्वास्थ्यको अधिकारप्रति सम्वेदनशील हुन आयोगले सरकारलाई ध्यानाकर्षण गराउँदै आएको हो ।


Your Views
Related News