
सिन्धुपाल्चोक : सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं ५ चनौटेका १७ वर्षीय दुवै मृगौला पिडित प्रविन आले मगरको उपचारका लागी पुर्व सुचना तथा सन्चार मन्त्री, पुर्व स्वास्थ्य राज्य मन्त्री, नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य पार्टी खेलकुद विभाग प्रमुख समाजसेवाको भावले ओतप्रोत व्यक्तित्व मोहन बहादुर बस्नेत ज्युले ३ लाख १ हजार १ सय रुपैयाँ नगद रकम हस्तान्तरण गर्नुभएको छ ।
यस रकममा अमेरिकामा बस्दै आउनु भएका पुर्व मन्त्री बस्नेतका भाई प्रकाश बस्नेतले २ लाख ८६ हजार संकलन गरि पठाउनु भएको छ भने १६ हजार नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले व्यक्तिगत रुपमा प्रदान गर्नुभएको हो ।
यतिमात्र नभई यस अघि पनि जुगल गाउँपालिका वडा नं ५ का निर्वाचित वडा अध्यक्ष एवं नेपाली काङ्ग्रेस जुगल गाउँपालिकाका सभापति सनत कुमार अधिकारीको सक्रियतामा २ लाख २१ हजार ७ सय संकलन गरि पिडितलाई हस्तान्तरण गरिएको छ ।
सहयोगीहरुले प्रविन आले मगरको शिघ्र स्वास्थ्य लाभको कामना सहित परिवार तथा आफन्त जनहरुमा धैर्य धारण गर्ने सामर्थ्य मिलोस भनी भगवान् संग प्रार्थना गर्दछौं भन्नू भयो।