
काठमाडौं- नेपालमा पहिलो पटक कोरोना संक्रमित एक डाक्टरको मृत्यु भएको छ।
कर्णाली प्रादेशिक अस्पतालका अर्थोपेडिक सर्जन डा हरि सापकोटाको उपचारका क्रममा मृत्यु भएको हो।
डा सापकोटाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक डा रविन खड्काले जानकारी दिए।
५९ वर्षीय डा सापकोटा ११औं तहका सरकारी डाक्टर हुन्।
Source: Swastha Khabar Patrika
Your Views
Related News