काठमाडौ : नेपालमा थप ३ हजार ४ सय ३९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ। तीमध्ये १६८४ जना काठमाण्डू उपत्यकाका तीन जिल्लाका हुन्।
विगत २४ घण्टामा १५ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।
नेपालमा अहिलेसम्म ५७८ सङ्क्रमितको मृत्यु भएको देखिन्छ। निको हुने सङ्क्रमितको सङ्ख्या ६८ हजार नाघेको छ।
आज थपिएका सङ्क्रमितसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार ७ पुगेको मन्त्रालयले जनाएको हो। हालसम्म ९४ हजार २ सय ५३ जना सङ्क्रमित भएकोमा ६८ हजार ६ सय ६८ जना सङ्क्रमणमुक्त भएका हुन्।
गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका हुन्। मङ्गवलार थप १,५५१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।
सोमवार मन्त्रालयले २,४४० सङ्क्रमित फेला परेको र १९ जनाको मृत्यु भएको बताए। गत शुक्रवार मन्त्रालयले २,७०० जनाभन्दा बढीमा सङ्क्रमित भेटिएको पुष्टि गरेको हो। बुधवारअघि त्यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि थियो।
 

Your Views
Related News