काठमाडौ : नेपालमा विगत २४ घण्टामा २,९४२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो।
मन्त्रालयका अनुसार चौबीस घण्टामा देशभरि १४,८७५ वटा नमुना परीक्षण गरिएको हो।
आइतवार पुष्टि भएका सङ्क्रमितमध्ये १,६९८ जना काठमाण्डू उपत्यकाका तीन जिल्लाका छन्।
योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख ३२ हजारभन्दा बढी भएको हो।
विगत चौबीस घण्टाको अवधिमा थप १२ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयको वेबसाइटमा उल्लेख गरिएको हो।
योसहित नेपालमा अहिलेसम्म ७३९ सङ्क्रमितको मृत्यु भएको देखिन्छ।
सक्रिय सङ्क्रमितमध्ये ३०१ जना सघन उपचार कक्षमा र ६६ जना भेन्टिलेटरमा उपचाररत हुन्।
नेपालमा कोभिड-१९ वास्तविक मृतकको सङ्ख्या कति? यसो भन्छन् अधिकारीहरू के काठमाण्डू उपत्यकामा निषेधाज्ञा जारी हुन्छ दीर्घ कोभिड हुँदा यी ‘चार भिन्न समस्या देखिन सक्छन्’ कति जना भए निको? मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टाको अवधिमा देशभरि २,३२६ सङ्क्रमित रोगमुक्त भएका हुन्।
अहिलेसम्म ९२,१६६ जना सङ्क्रमित निको भइसकेका हुन्।
 

Your Views
Related News