काठमाडौं : नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण पुष्टि भएको छ। ‌ओमिक्रोनबाट दुईजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए।  उनका अनुसार एक विदेशी नागरिकमा उक्त संक्रमण देखिएको हो।

यसअघि छिमेकी मुलुक भारतमा पनि ओमिक्रोन भेरियन्टको संक्रमण  देखिएको छ। त्यहाँ करिब दुई दर्जनबढी मानिसमा संक्रमण देखिएको भारतीय मिडियाहरुले जनाएका छन्। नयाँ भेरियन्ट करिब ४० बढी देशमा फैलिइसकेको छ।

 

Your Views
Related News