काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।

बिहीबार भएको मत विभाजनमा नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएकै रुपमा पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १३५ मत परेको छ । त्यस्तै उक्त प्रस्तावको विपक्षमा ६० मत परेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराए ।

सत्ता गठबन्धनको मंगलबार बसेको बैठकले संसदीय प्रक्रिया पूरा गरी नागरिकता विधेयक प्रमाणकीकरणका लागि पुन: राष्ट्रपति कार्यालयमा पठाउने निर्णय गरेको थियो।

सं‌विधानमा राष्ट्रपतिलाई एकपटक मात्रै विधेयक फिर्ता गर्ने अधिकार दिएको छ। विधेयक पुन: दुवै सदनबाट पारित भए राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयक कानुनको रुपमा लागू हुनेछ।

 

Your Views
Related News