
काठमाडौं : पछिल्लो २० दिनमा काठमाडौं उपत्यकामा एक करोड बढीको धनमान चोरी भएको छ। दसैंलगत्तै काठमाडौं, ललितपुर र भक्तपुरमा गरी एक करोड ३ लाख बढी धनमाल चोरी भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार सबैभन्दा धेरै भक्तपुरबाट ५० लाख ५६ हजार बराबरको धनमाल चोरी भएको हो। भक्तपुरका विभिन्न ७ स्थानबाट उक्त धनमाल चोरी भएको प्रहरीको भनाइ छ।
त्यस्तै काठमाडौंबाट २७ लाख ७९ हजार ४४५ रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जानकारी दिएको छ। काठमाडौंका विभिन्न २० स्थानमा चोरी भएको थियो।
त्यस्तै ललितापुरका विभिन्न १० स्थानबाट २५ लाख ३० हजार ७५० रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरी वरिष्ठ उपरीक्षक दिनेश राज मैनाली जानकारी दिएका छन्। प्रहरीले चोरीमा संलग्न रहेको भन्दै ७ जनालाई नियन्त्रणमा लिएको छ।