काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्ता समीकरणबारे विभिन्न दलहरूसँग छलफल भइरहेको बताएको छ। पार्टी प्रवक्ता प्रकाशशरण महतले नेतृत्व तहले विभिन्न दलहरूसँग छलफल गरिरहेको बताए।

‘कांग्रेस ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्नुपर्छ भन्ने कुरा अनौठो भएन। नेतृत्व तहले पनि विभिन्न दलहरूसँग छलफल गरिरहेको छ,’ उनले भने।

यतिबेला कांग्रेस-एमाले गठबन्धन बन्ने विषयले चर्चा पाइरहेका बेला प्रवक्ता महतले सत्ता समीकरणका लागि विभिन्न दलहरूसँग छलफल भइरहेको बताएका हुन्। शनिबार दिउँसो कांग्रेस सभापति र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएको थियो। सोही भेटपछि कांग्रेस-एमाले गठबन्धन बन्ने चर्चा चुलिएको हो।

 

Your Views
Related News