
काठमाडौ : नेपालमा गत २४ घण्टामा २,२०९ जना कोरोनाभाइरस सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
सोही अवधिमा १८ जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको र ४,५०० जना सङ्क्रमणमुक्त भएको तथ्याङ्क छ।
हालसम्म नेपालमा १८८,८८३ जना सङ्क्रमित भएको र तीमध्ये ३४,९०५ जनामा सक्रिय सङ्क्रमण रहेको छ।
शुक्रवार पुष्टि भएका मृत्युसहित मृतको सङ्ख्या १,०७० पुगेको छ भने सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १५२,९०८ छ।
शुक्रवार थपिएका सङ्क्रमित १०,१५३ पीसीआर परीक्षणबाट पुष्टि भएका हुन्।
हालका दिनहरूमा दैनिक परीक्षण गरिएकामध्ये लगभग २० प्रतिशतमा सङ्क्रमण देखिने गरेको छ।