काठमाडौ : विगत २४ घण्टामा नेपालभरि १,४७४ मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ।

मन्त्रालयका अनुसार ९,९११ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।सो अवधिमा २९ जनाको कोभिड-१९ का कारण मृत्यु भएको सरकारी तथ्याङ्कले देखाउँछ।यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ३३ हजार नाघेको छ।

मन्त्रालयले सोमवार अपराह्ण प्रकाशित गरेको विवरणअनुसार अहिले नेपालभरि १७,४२३ जनामा सक्रिय सङ्क्रमण छ।तीमध्ये आधाभन्दा बढी अर्थात् ११,८१४ जना घरमै छन्।

मन्त्रालयका अनुसार अहिलेसम्म देशभरि १,५०८ सङ्क्रमितको मृत्यु भएको छ।यो तथ्याङ्कले नेपालमा सङ्क्रमितको मृत्युदर ०.६ प्रतिशत भएको देखाउँछ,काठमाण्डू उपत्यकाका तीन जिल्लामा धेरै सङ्क्रमित फेला पर्ने क्रम अहिले पनि जारी छ।सोमवार सबैभन्दा धेरै काठमाण्डूमा ६१५ जना सङ्क्रमण पुष्टि भयो। ललितपुरमा १२५ र भक्तपुरमा ६९ सङ्क्रमित थपिएका छन्।नेपाल विश्वभरि कोरोनाभाइरस महामारीबाट प्रभावित देशमध्ये शीर्ष ४० स्थानभित्र पर्छ।

दक्षिण एशियामा भने भारत, बाङ्ग्लादेश र पाकिस्तानपछि नेपाल चौथो स्थानमा छ।विश्वभरि कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या छ करोड नाघेको छ।अमेरिकास्थित जोन्स हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरेको विवरणअनुसार तीमध्ये १६ लाख ६०,००० भन्दा बढी सङ्क्रमितको मृत्यु भएको छ।

कति जना निको भए?

मन्त्रालयले प्रकाशित गरेको विवरणमा २४ घण्टाको अवधिमा थप १,९३१ जना सङ्क्रमणमुक्त भएको उल्लेख छ।अहिलेसम्म कुल दुई लाख १४ हजार पाँच सयभन्दा बढी सङ्क्रमित निको भएको सरकारी तथ्याङ्क छ।अर्थात् नेपालमा सङ्क्रमित निको हुने दर ९० प्रतिशतभन्दा बढी छ।आइतवार १,२५५ जनामा सङ्क्रमण र २५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको थियो।गत कार्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित फेला परेका थिए।

को हुन् सङ्क्रमित?

अहिले विभिन्न जिल्लामा सङ्क्रमित फेला परेका हुन्। तीमध्ये ६०२ महिला र ८७२ पुरुष छन्।पीसीआर विधिबाट परीक्षण गरिएका सबै नमुनामध्ये १४.९ प्रतिशतमा कोरोनाभाइरस पाइएको मन्त्रालयले जनाएको छ।

कोरोना : खोप कहिलेसम्म आउला, प्राथमिकता सूचीमा को

पुष्टि भएका सङ्क्रमितमा मृत्युदर ०.६ प्रतिशत छ। तर ६० वर्षभन्दा माथिको उमेरका सङ्क्रमितमा मृत्युदर उच्च भएको तथ्याङ्कले देखाउँछ।देशभरि अस्पतालमा भएका सङ्क्रमितमध्ये ३७५ जना सघन उपचार कक्षमा र ५८ जना भेन्टिलेटरमा छन्।

 

 

Your Views
Related News