
काठमाडौं । भारततर्फ संकेत गर्दै चीनले नेपालसँगको आफ्नो सम्बन्धले तेस्रो पक्षलाई कुनै पनि असर नगर्ने भएको बताएको हो ।
चिनियाँ विदेश मन्त्रालयमा आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता होउ चिनयुङले भनिन्,’मेलै के कुरामा जोड दिनुपर्छ भने चीन र नेपालको मित्रवत सम्बन्ध चिनियाँ र नेपाली जनताका लागि फाइदाजनक छ । हाम्रो सम्बन्धले कुनै पनि तेस्रो पक्षलाई असर गर्ने छैन् ।’
उनले नेपाल र चीन हिमाल र नदिले जोडिएका दुई मित्रवत छिमेकी मुलुक भएको बताइन् ।
- नेपालसँग समझदारी विकास हुँदैछ भन्छन भारतीय विदेशमन्त्री जयंशकर
- नेपाल-चीन : चिनियाँ रक्षामन्त्री वे फङ्खको यो भ्रमण गर्नु को मुख्य कारण के हुन्
- भारतीय विदेश सचिवको भ्रमणले दुई देशको सम्बन्धमा ‘सकारात्मक वातावरण उत्पन्न
उनले भनिन्, ‘चीन नेपालसँग सबै क्षेत्रमा सहकार्य सुदृढ बनाउन काम गर्न, बीआरआईमा गुणात्मक सहकार्य गर्न र सम्बन्धलाई नयाँ तहमा पुर्याउन काम गर्न तयार हो ।’
पछिल्लो समयमा भारतले नेपालको चीनसँगको सम्बन्धको बारेमा चासो राख्दै आएको छ । भारतीय त्यही चासोलाई संकेत गर्दै चिनियाँ विदेश मन्त्रालयबाट यस खालको अभिव्यक्ति आएको छ ।