
काठमाडौं । पछिल्लो समय बलिउड अभिनेत्री कटरिना कैफ र अभिनेता विक्की कौशलबीचको प्रेमसम्बन्धको चर्चा भइरहेको छ ।
धेरैजसो नयाँ फिल्मका कारण चर्चामा आइरहने कटरिना अहिले भने विक्कीसँगको प्रेम सम्बन्धको कारण चर्चामा छिन् ।
एक अर्काको प्रेममा रहेका यी दुवैले इन्गेज्मेन्ट गरेकोखबर सार्वजनिक भएको छ ।वैवाहिक
जीवनमा गाँसिन लागेको चर्चासँगै उनीहरुले इन्गेज्मेन्ट गरेको चर्चा पनि चलेको छ । भाइरल भयानीको इन्स्टाग्राम ह्यान्डलमा एउटा पोस्टमा इन्गेज्मेन्ट बारे बताइएको छ ।
उक्त पोष्टमा इन्गेज्मेन्टको हल्ला मात्र हो भनिएको छ । दुबैले विवाह गर्ने निश्चित गरेको तर घोषणाको प्रतिक्षा रहेको बताइएको छ ।