अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ गनीले एउटा विज्ञप्ति सार्वजनिक गर्दै तालिबान देशको राजधानी काबुल प्रवेश गर्दै गर्दा आफू देश छाडेर भाग्नुको कारणबारे व्याख्या गरेका छन्।
दुई पटक राष्ट्रपति बनिसकेका गनीले अफगानिस्तानका जनतालाई छाडेर जाने आफ्नो नियत नभएको तर ६० लाख मानिस बसोबास गर्ने राजधानी काबुलमा हिंसा नहोस् भन्ने चाहेको विज्ञप्तिमा उल्लेख गरेका छन्।
विज्ञप्तिमा गनीले माफी पनि मागेका छन् तर अफगान राज्यकोबाट लाखौँ अमेरिकी डलर लिएर आफूले देश छाडेको आरोपको भने उनले कडा रूपमा खण्डन गरेका छन्।
उनले तालिबान वा तालिबान सरकारबारे भने टिप्पणी गरेका छैनन्।
बीबीसीका एक जना दक्षिण एशिया सम्वाददाताले उनले प्रतिक्रिया जनाउन निकै ढिला भइसकेको बताउँदै अफगान नागरिकहरूले गनीलाई माफ गर्न नसक्ने बताएका छन्।