
काठमाडौं : काठमाडौंमा असोज ४ देखि भरोसेलको दोस्रो मात्रा लगाइने भएको छ। स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठडमाडौं महानगरपालिकाका ३२ वटा वडाबाटै खोप लगाइनेछ।
जसअन्तर्गत् चन्द्राागिरि नगरपालिकामा १५, कीर्तिपुर नगरपालकिामा १०, नागार्जुन नगरपालिकामा १०, तारकेश्वर नगरपालिकामा ११, दक्षिणकाली नगरपालिकामा ९ वटा खोप केन्द्रबाट भेरोसेलको दोस्रो मात्रा दिइनेछ।
यस्तै, नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, शसस्त्र प्रहरी अस्पताल, बलम्बु, बीर अस्पताल, रत्नपार्क, शिक्षण अस्पताल, महाराजगञ्ज, निजामती कर्मचारी अस्पताल बानेश्वर, परोपकार प्रसूतीगृह, स्त्रीरोग अस्पताल, थापाथली र वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा खोप केन्द्र तोकिएको छ।
पहिलो मात्रा खोप लगाएको खोप कार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटो सहित नम्बर ल्याएको आधारमा खोप दिइनेछ।