
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले नेपालमा उल्लेखनीय मौसम प्रणाली नभएको जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाबाट बिहीबार जारी मौसम बुलेटिनमा अझै केहि दिन उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।
हाल देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ। बिहीबार दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। राती देशभर आंशिक बदली देखि सामान्यतया मौसम सफा रहने छ।
शुक्रबार दिउँसो देशको पहाडी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। राती उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
शनिबार पनि उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाबाट जारी बुलेटिनमा उल्लेख छ।