
काठमाडौँ — एमालेले दशौं महाधिवेशनमा नेकपा (एकीकृत समाजवादी) लाई नबोलाउने भएको छ ।

एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उक्त कुरा उल्लेख गरेका हुन् ।
दशौं महाधिवेशनमा विभिन्न मुलुकका पार्टीहरु, मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टीहरु, दक्षिण एसियाका सत्तारुढ दल र विपक्षी दलहरु तथा आईक्याप (आईसीएपीपी)का स्थायी कमिटीका सदस्यहरुलाई निमन्त्रणा गरिएको भट्टराईले बताए ।
नेकपा (एकीकृत समाजवादी) भदौ ९ गते एमालेबाट औपचारिक रुपमा विभाजन भएको थियो ।