
सरकारले कर दिवसको अवसरमा सबैभन्दा धेरै कर तिर्ने उद्योगी व्यवसायीलाई सम्मानित गरेको छ । आज आन्तरिक राजस्व विभागमा आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले सबैभन्दा धेरै कर तिर्ने उद्योगी र व्यवसायीलाई सम्मान गरेका हुन् ।
व्यक्तिगततर्फ सबैभन्दा कर बुझाउनेमा सिद्धार्थ राणा परेका छन् । राणा हरेक वर्ष धेरै कर तिर्ने व्यवसायीको रुपमा सम्मानित हुँदै आएका छन् । गत वर्षमा भने जावलाखेल डिस्टिलरी विजय शाहले यो सम्मान पाएका थिए । यस्तै, भारतीय लगानीको डाबर नेपाल सबैभन्दा धेरै निर्यात गर्ने कम्पनी बनेर सम्मानित बनेको छ । संस्थातर्फ सबैभन्दा धेरै कर बुझाउनेमा सरकारी स्वामित्वको नेपाल टेलिकम परेको छ ।