
काठमाडौं: नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि आर्थिक समितिका संयोजक ज्ञानेन्द्रबहादुर कार्कीले १० जना सदस्य र चार जना सल्लाहकार मनोनीत गरेका छन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका कार्कीले सदस्यमा उमेश श्रेष्ठ, दिपक खड्का, जीप छिरिङ लामा, मोहन आचार्य, इन्द्र बाँनिया, अनिल रुंगटा, महेश जाजु, विरेन्द्र कनोडिया, रामकेष्ण भट्टराई र दयाराम पाण्डेलाई मोनोनीत गरेका हुन्।
त्यस्तै सल्लाहकारमा दिपकुमार उपाध्याय, दिव्यमणि राजभण्डारी, विनोद चौधरी र पाल्टेन गुरुङ रहेका छन्।