
काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापतिमा ६ जनाले उम्मेदवारी दिएका छन्।
राष्ट्रिय सभामा आज ५ बजेसम्मका लागि तोकिएको मनोनय दर्तामा कांग्रेस सभापति शेरबहादुर देउवासहितले उम्मेदवारी दर्ता गराएका हुन्।
देउवाबाहेक, शेखर कोइराला, प्रकाशमान सिंह, बिमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेको उम्मेदवारी दिएका छन्।
वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिको आकांक्षी भए पनि अन्तिम समयमा उनले शेखर कोइरालालाई साथ दिएका थिए।