भैरहवा : संघीय प्रहरी ईकाइ कार्यालय भैरहवाका प्रमुख एसएसपी सुशीलकुमार यादवका मृत्यु ‘ह्यांगगिङ्ग’(झुन्डी आत्महत्या) ले भएको छ। शुक्रबार राति नै स्थानीय भीम अस्पतालमा गरिएको शवको पोस्टमार्टम अनुसार उनको मृत्यु ‘ह्यांगगिङ्ग’ले भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रमुख डीएसपी नवरत्न पौडेलले जानकारी दिए ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको फरेन्सिक विज्ञ डा. आहना श्रेष्ठले शवको पोस्टमार्टम गरेकी थिइन् । पोस्टमार्टमपश्चात शनिबार बिहान मृतक यादवका वुवा शिवप्रसाद यादवले उनको शव बुझेका छन् । शवको दाहसंस्कारका लागि गृहजिल्ला नवलपरासीमा लगिएको बताइएको छ ।

 

Your Views
Related News