
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा निर्वाचनका लागि डडेलधुराबाट सर्वसम्मत भएका छन्। एकमात्र क्षेत्र रहेको डडेलधुराबाट उनी सर्वसम्मत भएको कांग्रेस नेताहरुले जानकारी दिएका छन्।
डडेलधुराको प्रदेश क र ख क्षेत्रीय समितिलाई देउवालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो। ‘नेपाली कांग्रेस डडेलधुरा प्रदेश ‘क’ र ‘ख’ क्षेत्रीय समितिले देउवालाई सर्वसम्मत रुपमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको हो ,’ डडेलधुराका एक नेताले भने।
डडेल्धुरामा देउवाले २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका छन्।