मंसिर ४ गते हुने प्रतिनिधि सभा प्रदेश सभा निर्वाचनमा राजनीति दलको जिल्ला तह बाट उम्मेदवार को नाम सिफारिस गर्न क्रम सबै दलले तिब्रता लियको छ । यहि क्रममा नेपाली कांग्रेस नुवाकोटले पनि प्रतिनिधि सभा प्रदेश सभा निर्वाचनको लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम बागमती प्रदेश समितिमा सिफारिस गरेको छ ।शनिबार बिदुरमा बसेको जिल्ला कार्यसमितिको बैठकले क्षेत्रीय समिति बाट सिफारिस भै आयको उम्मेदवारको नाम बागमती प्रदेशमा पठाउने निर्णय गरेको छ ।

यसै क्रममा नुवाकोट जिल्ला क्षेत्र नम्बर १ प्रदेश ख को लागि प्रदेश सभापति रामजी पौडेल लाई समानुपातिक तर्फ पहिलो नम्बरमा नाम सिफारिस गरिएको छ।

२०५६ सालमा कलिका हिमालय उच्च मावि को नेविसंघ सचिव बाट राजनितिक यात्रा सुरु गरेर निरन्तर राजनितिमा सक्रिय भुमिका निभाउदै २०५७ सालमा चितवनमा भएको नेविसंघ ८औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि भएका पौडेल २०६२ / ०६३ ऎतिहासिक जन आन्दोलनम सक्रिय भइ र सो क्रममा घाइते पनि भएका थिए । २०६३ सालमा नेविसंघ नुवाकोटको सदस्य हुँदै २०६४ ११औं अधिवेशन बाट नेपाली काङ्रेस हल्देकालिका गाबिस इकाई सचिव बाट पार्टी राजनीतिमा प्रवेश गरेका पौडेल पार्टीको १२ औं र १३ औ अधिबेशन मा दुई कार्यकाल क्षेत्रीय सचिव को जिम्मेवारी कुसलता पुर्वक निर्भावा गरेका थिए । युवाहरू माझ लोकप्रिय र ईमानदार छबि बनायका पौडेल १४ औ महाधिवेशनमा प्रदेश सभापति निर्वाचित भएका हुन ।

आगामी निर्वाचनको माहोलमा दलहरूले युवाहरूलाई सम्बोधन गर्ने सवालमा पेचिलो बनिरहेको बेला युवा नेता पौडेल सिफारिस लाई अर्थपुर्ण रूपमा हेरियको छ ।

 

Your Views
Related News