नेपालमा थप ८,९६० जनामा कोरोनाभाइरस सङ्क्रमण र २१४ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

पीसीआर विधि र एन्टिजन विधिबाट परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।

बिहीवार अपराह्ण मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कमा काठमाण्डू उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ।

केही सातायताको तथ्याङ्कले परीक्षण गर्न गएका मानिसमा सङ्क्रमण पुष्टि हुने दर उच्च रहेको देखाउँछ।

मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा २०,००० भन्दा केही बढी परीक्षण गरिएकोमा त्यति सङ्ख्या सङ्क्रमित फेला परेका हुन्।

बुधवार नेपालमा पुष्टि भएकासक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको थियो।

मन्त्रालययका अनुसार विगत २४ घण्टाको अवधिमा ५,०५५ जना सङ्क्रमणमुक्त भएका छन्। अहिले देशभरि एक लाख ५,२०७ जनामा सक्रिय सङ्क्रमण छ।

तीमध्ये अहिले काठमाण्डू उपत्यकाका तीन जिल्लामा हुनेको सङ्ख्या ४२,६६६ छ।

मन्त्रालयका अनुसार अहिलेसम्म देशभरि कोभिडका कारण कुल ४,४६६ जनाको मृत्यु हुँदा उपत्यकामा १,४८० जनाले ज्यान गुमाएका छन्।

Presentational white space

सरकारले गत साता मङ्गलवार ७,६६० जनामा सङ्क्रमण र ५५ जनाको मृत्यु, बुधवार ८,६५९ जनामा सङ्क्रमण र ५८ जनाको मृत्यु, बिहीवार थप नौ हजार जनामा कोरोनाभाइरस सङ्क्रमण र ५४ जनाको मृत्यु, शुक्रवार ९,१९६ जनामा सङ्क्रमण र ५० जनाको मृत्यु र शनिवार ८,४१८ जनामा कोरोना भाइरस सङ्क्रमण र ५३ जनाको मृत्यु भएको जनाएको थियो।

त्यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार थप ८,८५० जनामा सङ्क्रमण र पहिला तथ्याङ्कमा नपरेकासहित ८८ जनाको मृत्यु, सोमवार ९२७१ जनमा सङ्क्रमण र १३९ जनाको मृत्यु,, मङ्गलवार ९,४८३ जनामा सङ्क्रमण र २२५ जनाको मृत्युतथा बुधवार ९,३०५ जनामा सङ्क्रमण र १६८ जनाको मृत्यु भएको पुष्टि गरेको थियो।

मन्त्रालयका अनुसार यो साता आइतवारदेखि प्रकाशित दैनिक विवरणमा २४ घण्टामा बाहेक विभिन्न मितिमा मृत्यु भएका व्यक्तिको सङ्ख्या पनि समाविष्ट छ।

Presentational grey line

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ –

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि –

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

Presentational grey line

शय्या र आईसीयू कति छ?

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नेपालमा अहिले सबै शय्याको सङ्ख्या १८,९१७ छ।

देशका सातैवटा प्रदेशमा गरी आईसीयूको सङ्ख्या १,४८६ र भेन्टिलेटरको सङ्ख्या ६३४ छ।

कोरोनाभाइरस महामारी सुरु भएपछि केही थपिएर तिनीहरूको सङ्ख्या अहिले यति पुगेको हो।

के छ भारतको स्थिति?

भारत सरकारले बिहीवार बिहान प्रकाशित गरेको तथ्याङ्कअनुसार भारतमा अहिले ३७ लाखभन्दा बढी पुष्टि भएका सक्रिय सङ्क्रमित छन्।

चौबीस घण्टाको अवधिमा ३.६२ लाख जनामा कोभिड पुष्टि भयो भने ४,१२० जनाको मृत्यु भयो। ती मृतकमध्ये ७४.३ प्रतिशत विभिन्न १० राज्यका हुन्।

अहिलेसम्म भारतमा २.५८ लाखभन्दा बढी सङ्क्रमितको कोभिड-१९ का कारणले मृत्यु भइसकेको छ।

अतिप्रभावित देशमध्ये दोस्रो शीर्ष स्थानमा रहेको भारतमा २.३७ करोड जनामा कोभिड पुष्टि भएको छ।

  • निको र स्थानान्तरणः ८३.२६%
  • सक्रियः १५.६५%
  • मृत्युः १.०९%

नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश राज्यमा दुई लाख जनाभन्दा बढीमा सक्रिय सङ्क्रमण छ। त्यहाँ २४ घण्टाको अवधिमा १८,००० जनामा कोभिड-१९ पुष्टि भएको भारत सरकारले प्रकाशित गरेको तथ्याङ्कमा उल्लिखित छ।

 

Your Views
Related News