काठमाडौं : काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गृह जिल्ला झापा पुगेर २४ बुँदे अवधारणा पत्र सार्वजनिक गरेका छन् । कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा आफ्नो उम्मेदवारी दिने घोषणा गरेका शर्माले राजनीतिमा परिवर्तनको खाँचो भएको भन्दै संविधान दिवसको दिनमा झापको बृहत भेलालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

‘हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’ नाम दिएर २४ बुँदे अवधारणा–पत्र झापाको विर्तामोडमा भेला भएका कार्यकर्ता माझ सार्वजनिक गरेका हुन् ।

शर्माले भने, ‘एक व्यक्ति चार पटकभन्दा धेरै सांसद बन्न नपाउने कानुनी व्यवस्था गर्न प्रस्ताव राखेका छन्, ‘राष्ट्रपति एक पटकभन्दा दुई पटक बन्न नपाउने, प्रधानमन्त्री दुई पटकभन्दा बढी बन्न नपाइने, मन्त्री तीन पटकभन्दा बढी बन्न नपाइने, अनि कसैको कार्यकाल बढी लाग्ने छैन ।’

शर्माले राजनीतिको छविमा पुर्नताजगीको आकाङ्क्षा आवश्यक रहेको बताउँदै संविधान बनाउनेले संविधानप्रति इमान राख्न पनि अनुरोध गरे। शर्माले सार्वजनिक गरेको लोकतन्त्र, सुशासन, पारदर्शिता र परिवर्तित राजनीतिको मूल संस्कारलगायतका २४ बुँदाको राजनीतिक अवधारणा यस्तो छ

 

Your Views
Related News