जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको धर्मपुरमा बिहानै आमाछोराको श’ब फेला परेको छ ।

धनुषाधाम नगरपालिका वडा नम्बर २ धर्मपुर टोल बस्ने स्थानीय राजेन्द्र सिँहकी बुहारी (पुतौह) बर्ष २५ की अर्चना सिँह र उनको छोरा बर्ष ३ को कुश सिँहको श’ब फेला परेको हो । घर नजिकै रहेको पोखरीमा सोमबार बिहान स्थानीयले पोखरीमा आमा छोराको श’व देखेपछि प्रहरीलाई खबर गरेका थिए।

अहिले इलाका प्रहरी कार्यालय धनुषाधामको टोलि घ’टनास्थल पुगेर श’व निकाल्ने काम गरिरहेको प्रहरी निरीक्षक (ईन्सपेक्टर) सुरेश ठाकुरले जानकारी दिए। स्थानीयका अनुसार, राति श्रीमान–श्रीमतीबीच झ’गडा भएको थियो। सोही आ’वेगमा अर्चनाले छोरालाई लिएर पोखरीमा हा’म फा’ले’र आ’त्म’ह’त्या गरेको अनुमान स्थानीयले गरेका छन्।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृ’तक महिला स्थानीय अशोक सिंहकी श्रीमती हुन् । ‘के कारणले घटना भएको अहिले खुलेको छैन चाडै नै घटनाबारे सार्वजनिक हुने प्रहरीले बताएको छ ।’

 

 

Your Views
Related News