काठमाडौं : बागमती प्रदेशको प्रदेशसभा बैठक कात्तिक १० गतेसम्मका लागि स्थगित भएको छ। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतमाथि मतदान नै नभएर बैठक स्थगित भएको हो।

सभामुख सानुकुमार श्रेष्ठले अब बस्ने बैठकमा अरु प्रक्रिया अघि बढ्ने बताए। बिहीबारको बैठकमा मुख्यमन्त्री शाक्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल भएको थियो।

नेकपा (एकीकृत समाजवादी)का बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई मार्गप्रशस्त गर्न आग्रह गरे। प्रदेश सभामा बोल्दै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालीकराम जम्मर कट्टेलले मुख्य मन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई विश्वासको मत दिन नसकिने बताए। उनले शाक्यलाई मुख्यमन्त्रीमा समर्थन गर्न नसकिने र मार्गप्रशस्त गर्न आग्रह गरे। गठबन्धनको बहुमत बागमती प्रदेश सभामा रहेको उनले बताए।

 

Your Views
Related News