काठमाडौं: काठमाडौंको नयाँ बसपार्कको होटलमा एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका ९ जनालाई पूर्पक्षका लागि थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।

अदालतले घटनामा संलग्न ९ जनालाई पूर्पपक्षका लागि थुनामा राख्न र उक्त घटनामा प्रयोग भएका ३ गेष्टहाउस सञ्‍चालकहरुलाई जनही ३/३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

गत पुस १२ गते साँझदेखि गोंगबु इलाकाको मित्रनगरस्थित गेष्टहाउसहरुमा ३४ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ९ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो।

 

Your Views
Related News