काठमाडौ । त्रिभुवन विश्वविद्यालयले आज एक नतिजा प्रकाशन गरेको सुचना जारी गरेको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण महाशाखाले ४ बर्षे बीबीएस तेश्रो बर्षको नतिजा सार्बजनिक गरेको हो ।

परीक्षा नतिजा वेबसाईट र एस एम एस दुबै तरिकाले हेर्न सकिने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा भर्खरै जारी सूचनामा भनिएको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्धारा २०७७ साल फागुन महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातक तह चारबर्षे बीबी. एस. (4th Years BBS 3rd Year) तेस्रो बर्ष २०७७ सालको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णायानुसार प्रकाशित गरिएको छ ।

त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को परिच्छेद ६६ को २६०, २६८ र २७० अनुसार परीक्षाको मर्यादा विपरित कार्य गर्ने परीक्षाका क्रमांकहरु ७००१४०५९८, ७००३१००६९, ७००३००१५९, ७००३९०७६९, ७००३९१८५४, ७०१८५९९१४ र ७०८७२००३८ का परीक्षार्थीहरुलाई २०७९ सालसम्म २ (दुई) बर्षको लागि त्रिवि बाट सञ्चालन हुने कुनैपनि परीक्षामा सम्मिलित हुन नपाईने गरी निष्काशन गरिएको छ ।

उक्त परीक्षाको परीक्षाफल वेभसाईट https://tuexam.edu.np/ मा हेर्न सकिनेछ भने 4BBS (Space) Roll Number टाइप गरी ३३६२४ मा SMS गरेर पनि जानकारी पाउन सकिनेछ ।

परीक्षाफल सकेसम्म शुद्ध होस् भन्ने उदेश्य राखि प्रकाशित गरिएको छ । तापानि छपाई वा अन्य कुनै कारणबाट अशुद्ध देखिएमा यस कार्यालयको अभिलेखबाट सच्चाइने व्यहोरा अवगत गराइन्छ । लब्धांकपत्र सम्बन्धित क्याम्पसबाट वितरण हुनेछ ।

 

Your Views
Related News