काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्धको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतमा असोज २ गते हुने भएको छ । सोही दिन अभिनेता पल (पूर्णविक्रम) शाहको मुद्दामाथि पनि तनहुँ जिल्ला अदालतमा सुनुवाइ हुँदैछ ।

सम्बन्धित मुद्दाका कानुन व्यवसायीले अनलाइनखबरलाई दिएको जानकारीअनुसार भुवनलाई अध्यक्ष नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय खारेज गर्नुपर्ने माग गर्दै दायर रिटमाथि सर्वोच्चमा उक्त मितिमा पेशी तोकिएको छ ।

भुवनको मुद्दामा निवेदकतर्फका कानुन व्यवसायी सूर्यबहादुर पाण्डेले पनि उक्त मितिमा फैसला आउन सक्ने बताए । अदालतले सक्कली मिसिल झिकाउन आदेश दिएयता लगातार यो मुद्दाको सुनुवाइ सरिरहेको छ । सोमबार पनि यो मुद्दा हेर्न नभ्याइने सूचीमा परेको थियो ।

जबर्जस्ती करणी मुद्दामा पलविरुद्ध परेको उजुरीमाथि सोही मितिमा तनहुँ जिल्ला अदालतमा समेत सुनुवाइ हुँदैछ । पलका कानुन व्यवसायी कमलामोहन वाग्लेले सम्भवतः सो पेशीमा फैसला समेत आउन सक्ने आशा गरिएको बताए ।

 

Your Views
Related News