प्रतिनिधि सभा बैठक सरेको छ। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले बुधबार बिहान ११ बजे बोलाइएको बैठक १ बजेलाई सरेको जानकारी दिए।

जारी सूचनामा भनिएको छ, ‘२०७९ साल भदौ २९ गते बुधबार बिहान ११:०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले उक्त बैठक आजै दिनको १:०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा मा० सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, गृहमन्त्री बालकृष्ण खाणले कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

यस अगाडि भदौ २५ गते १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणवश बस्न नसक्ने भन्दै आज बिहान बिहान ११ बजे बस्ने गरी निर्धारण गरिएको थियो।

प्रतिनिधि सभाको शुन्य समयमा बोल्ने सांसदहरुले आफूहरु निर्वाचन क्षेत्रमा जानुपर्ने भएकाले निर्वाचनको मिति घोषणा गरिसकेकाले सरकारले संसद अन्त्य गर्नुपर्ने बताउँदै आएका छन्। सरकारले विधेयक प्रस्तुत गर्नेक्रममा सत्तारुढ दलकै सांसद अनुपस्थित हुँदा बेला-बेला विधेयक निर्णयार्थ पेश गर्न गणिपुरक संख्या नपुगेर बैठक स्थगित हुँदै आएको छ। संसदमा कुनै प्रस्ताव निर्णयार्थ पेश गर्दा कूल सदस्य संख्या २७५ को एक चौथाइ सदस्य अर्थात ६९ जना उपस्थित हुनुपर्ने संवैधानिक व्यवस्था छ। निर्वाचन आयोगमा अनुसार प्रतिनिधि सभाको कार्यकाल असोज १ गतेसम्म रहेको छ।

 

Your Views
Related News