काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभामा जान तयार रहेको जनाएका छन् ।
पार्टी पुरानो निर्णय कार्यान्वयन गर्नुपर्ने भन्दै आफू राष्ट्रियसभा सदस्य बन्न तयार रहेको गौतमले बताएपछि प्रधामन्त्रीसमेत रहेका नेकपा अध्यक्ष

केपी शर्मा ओली तनावमा छन् । एक टेलिभिजन अन्तर्वार्तामा ओलीले गौतमलाई राष्ट्रियसभामा लैजाने पार्टी निर्णयको च्याप्टर ‘क्लोज’ भएको बताएका थिए । नेकपा सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्रीको सो धारणा सार्वजनिक भएको दुई दिनपछि गौतम आफैंले पार्टीले गरेको पुरानो निर्णय कार्यान्वयन गर्नुपर्ने दबाब दिएका छन् । गत १० फागुनमा बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो । तर, सो निर्णय प्रधानमन्त्री ओलीले कार्यान्वयन गरेनन् । सरकारको सिफारिसमा राष्ट्रियसभामा मनोनयन हुने एक सिट गत फागुनदेखि नै खाली छ ।ओली अर्थमन्त्री डा. युवराज खतिवडालाई नै राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने रणनीतिमा छन् । खतिवडालाई राष्ट्रियसभा सदस्य बनाएर अर्थमन्त्रीमा निरन्तरता दिने योजनामा रहेका प्रधानमन्त्री ओलीले गौतमको प्रस्तावले तनाव भएको छ ।‘वामदेव कि युवराज कसलाई रोज्ने ? भन्ने तनाव प्रधानमन्त्रीलाई भएको छ,’ ती सदस्यले भने, ‘प्रधानमन्त्रीले खतिवडालाई नै निरन्तरता दिन खोज्नुभएको छ तर वामदेव कमरेडले पुरानो निर्णय कार्यान्वयन गर्नुपर्ने अडान उहाँलाई भेटेरै व्यक्त गर्नुभएको छ ।

गौतमले राष्ट्रियसभा सदस्य बन्न र सरकारमा जान तयार रहेको भन्दै प्रधानमन्त्री ओलीस“ग छलफल गरेको स्रोतको दावी छ । तर, ओलीले यस विषयमा प्रस्ट जवाफ दिएका छैनन् । ओली अर्थमन्त्री डा. युवराज खतिवडालाई नै राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने रणनीतिमा छन् । खतिवडालाई राष्ट्रियसभा सदस्य बनाएर अर्थमन्त्रीमा निरन्तरता दिने योजनामा रहेका प्रधानमन्त्री ओलीले गौतमको प्रस्तावले तनाव भएको छनेकपा सचिवालय बैठक भोली बिहीबार बस्दै छ । नेकपाले गठन गरेको ‘समस्या समाधान सुझाव कार्यदल’ले दिएको प्रतिवेदनका साथै गौतमको प्रस्तावबारे छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहालस“ग गत १२ भदौमा गरेको छलफलमा खतिवडालाई निरन्तरता दिने बताएका थिए । दाहालसहित बहुमत सचिवालय सदस्य खतिवडाको पक्षमा छैनन् । यद्यपि, प्रधानमन्त्री ओलीले खतिवडालाई नै निरन्तरता दिन खोजेका छन् ।

गत १० फागुनमा बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो । गौतमले सुरुमा राष्ट्रियसभा सदस्यसमेत प्रधानमन्त्री बन्न पाउनेगरी संविधान संशोधन गर्नुपर्ने सर्त राखेका थिए । गौतमकै सर्तअनुसार संविधान संशोधनका लागि नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन भएको थियो ।तर, सार्वजनिक आलोचना भएपछि १४ फागुनमा बसेको सचिवालय बैठकले कार्यदल नै विघटन ग-यो । त्यस समय उपयुक्त समयमा गौतमलाई प्रतिनिधिसभा उम्मेदवार बनाउने र प्रतिनिधिसभामा लैजान पहल गर्ने निर्णय गरेको भएको थियो ।

गौतम गत प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि उनलाई उपनिर्वाचन गरेर प्रतिनिधिसभामा ल्याउने तयारी यसअघि नै भएको थियो । प्रधानमन्त्री बन्नका लागि निरन्तर प्रयासरत गौतमलाई कहिले काठमाडौं ७, कहिले हुम्लाबाट सांसद बनाउन तयारी भयो । कास्की २, डोल्पाबाट समेत उनलाई प्रतिनिधिसभा सदस्य बनाउन तयारी भए पनि पूरा हुन सकेन ।प्रतिनिधिसभा सदस्य बन्न नसकेपछि गौतम पुनः राष्ट्रियसभा सदस्य बन्न तयार भएका हुन् ।
स्रोतका अनुसार गौतमलाई अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलगायतको समर्थन एवं सहयोग छ ।

खतिवडालाई मन्त्रीमा निरन्तरता दिने हो भने आगामी २० भदौअघि नै मन्त्रिपरिषद्ले सिफारिस गरिसक्नुपर्ने हुन्छ । सांसद नभए पनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाअनुसार उनी अहिले मन्त्री छन् । सांसद पद सकेपछि गत फागुनमै खतिवडाले मन्त्री पदको शपथ लिएका थिए ।नेकपा एक सदस्यका अनुसार बिहीबार बस्ने सचिवालय बैठकमा यस विषयमा गम्भीर छलफल हुनेछ । ‘गौतम कि खतिवडा ? दुईमध्ये प्रधानमन्त्री ओलीले एक छान्नुपर्ने हुन्छ । तर, गौतमको राष्ट्रियसभा सदस्य र सरकारमा जाने मागस“गै नेकपा विवाद थप पेचिलो बनेको छ ।

 

Your Views
Related News