काठमाडाैँ : चोरीको मोटरसाइकल चलाएको शंकामा काठमाडौँको मनमैजुबाट एक जनालाई  सोधपुछको लागि पक्राउ  गरेको छ । पक्राउ पर्नेमा नुवाकोटकाे सुर्यगढी गाउँपालिका ४ घर भई हाल तारकेश्‍वर नगरपालिका-८ जरंखु बस्ने ३३ वर्षीय बिष्णु तामाङ्ग रहेका छन् ।

सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मनमैजुबाट बास्तविक नम्वर प्लेट परिवर्तन गरेर प्रदेश ३-०२-००८ प ७८७२ नम्बरको कालो रंङ्गको २२० सी.सी.को पल्सर मोटरसाईकल चलाइरहेको अवस्थामा उनलाई पक्रेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

पक्राउ परेका तामाङ नेपाली कांग्रेसको युवा संगठन तरूण दल सूर्यगढीका ४ का अध्यक्ष हुन ।

अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं. प्रदेश ३९०२९०१२ प ६८३६ खुल्न आएको महाशाखाका प्रमुख भट्टराईले जानकारी दिए । महाशाखाले उक्त मोटरसाईकलसहित चोरीकावारोप लागेका तामाङलाई आवश्यक सोधपुछको लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाएको छ ।

आरोप लागेका तामाङका अनुसार उनलाई सरासर फसाइएको बताउछन् ।उनी भन्छन् “मैले किन्न खोजेको हु तर मलाई चोरिको भन्ने थाहा थिएन त्यस्कालागी  बाइक धनिले मलाई  बाइक नामसारी गरिदिन्छु  भनेको भएर म काठमाडौ आएको हु त्यही क्रममा चेकिङ मा  परे” र आहिले बाइक समातिएको खबर पाएपछि बाइक धनी (बेच्नेवाल) फरार भएका छन् ।

प्रहरीका अनुसार उक्त फरार बाइक धनिको खोजिकार्य भैरहेको छ।

 

Your Views
Related News