![](https://jalpakhabar.com/wp-content/uploads/2020/09/5D51698D-4EB3-44E4-B5E9-B641D6444BF4.jpeg)
— देशभरबाट एकैदिन ११ सय १२ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा १ हजार १ सय १२ जना डिस्चार्ज भएको जानकारी दिएको हो ।
बुधबार अपराह्नसम्म निको हुनेको संख्या २३ हजार २ सय ९० पुगेको छ । यो ५६ प्रतिशत हो । २४ घन्टाको अध्यावधिक विवरण सुनाउने क्रममा मंगलबार ७ सय ६८ जना डिस्चार्ज भएको जनाइएको थियो ।
अझै १८ हजार १ सय ८ जना विभिन्न अस्पतालमा उपचाररत रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार ६ हजार ७ सय ६६ जना क्वारेन्टाइनमा छन् ।
गत २४ घन्टामा १२ हजार ८ सय ७९ पीसीआर परीक्षण भएका छन् ।