सुर्खेत : कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ९५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको हो ।

प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा बुधबार ९५ जनामा संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको रिपोर्टअनुसार जुम्लामा मात्रै ३९ जना, कालीकोटमा २२, सुर्खेतमा १७ जना, दैलेखमा पाँच जना, बाँकेका चारजना, जाजरकोट र कैलालीका दुई/दुई जना, बर्दिया, बझाङ, दार्चुला र दाङका एक/एक जनामा संक्रमण देखिएको हो ।

सबैभन्दा बढी संक्रमित देखिएको जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. १, २, ३, ४, ५, ६, ७ र १० का एकजना महिलासहित २१ जना पुरुष, हिमा र सिँजा गाउँपालिकाका दुईजना पुरुष, पातारासी, तिला, तातोपानी र गुठीचौर गाउँपालिकाका दुई/दुईजनामा संक्रमण देखिएको हो।

 

Your Views
Related News