१७ भदौ, काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीच बुधबार साँझ छलफल भयो।

विहीबार सचिवालय बैठक डाकिएकाले त्यसको पूर्वतयारीका लागि दुई अध्यक्षवीच बुधबार साँझ कुराकानी भएको छ ।

दुई अध्यक्षवीच के कुराकानी भयो भन्ने कुराको टुंगो लागेको छैन ।

वामदेव गौतमले राष्ट्रियसभा सदस्यका लागि दाबी गरेपछि उत्पन्न परिस्थितिबारे छलफल भएको बालुवाटार स्रोतले जनायो।

यसका साथै बिहीबार बस्ने सचिवालय बैठकका एजेण्डका सम्बन्धमा समेत दुई अध्यक्षबीच कुराकानी भएको बुझिएको हो ।

 

Your Views
Related News