नायिका स्वेता खड्काले अभिनय गरेका चलचित्रमा उनी नायिकाको रुपमा प्रस्तुत हुँदै आएकी छिन् । अधिकांश चलचित्रमा लभर गर्लको रुपमा प्रस्तुत भएकी स्वेता अब भने आमाको भूमिकामा काम गरहेकी छिन्। |

निर्देशक यम थापाले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा स्वेताले आमाको भूमिकामा काम गर्ने तयारी गरेकी छन् । यो चलचित्र ३ जना कलाकारको वरिपरी घुम्नेछ । एक आमा र २ सन्तानको वरिपरी घुम्ने चलचित्रका लागि निर्माणपक्षले कलाकार सेड्रिना शर्मालाई अफर गर्नेभएको छ।

निर्देशक यम थापा चलचित्रको छायांकन असोजबाट सुरु गर्ने योजनामा छन् । तर, यसका लागि उनी अहिले कलाकार फाइनल गरिरहेका छन् ।

नायिका सेड्रिना शर्मा यसअगाडि नायिका प्रियंका कार्कीको छोरीको भूमिकामा देखिएकी हुन् ।

‘नाई नभन्नु ल ५’बाट चर्चामा आएकी यी कलाकार अब ‘नाई नभन्नु ल ६’मा पनि काम गर्ने तयारीमा छिन् । यस्तो अवस्थामा उनले के स्वेताको छोरी बन्नका लागि हुन्छ भन्लिन् त ?

 

Your Views
Related News