ललितपुर — पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय युवाहरु र प्रहरीबीच झडप भएको हो ।

रातो मत्स्येन्द्रनाथ रथयात्राबारे सरकार गम्भीर नभएको भन्दै पाटनबासीले बिहीबार पुल्चोकमा भेला भएर विरोध प्रदर्शन गर्ने क्रममा झडप भएको छ ।

निषेधाज्ञाका बाबजुद रथ तानेको भन्दै प्रहरीले रोकेपछि केहीबेर झडप भएको हो ।

प्रहरीले भीडलाई तितरबितर पार्न पानीको फोहोरा र अश्रुग्याँससमेत प्रयोग गरेको थियो ।

स्थानीय युवाले रथ तान्‍न अवरोध गरेको भन्दै प्रहरी टोलीमाथि ढुंगामुढा प्रहार गरेका हुन् ।

युवाहरुले आफैं रथ तानेर पुल्चोकबाट धमाःफल्चा पाटीसम्म पुर्‍याएका हुन् । अहिले पुल्चोक सशस्त्र प्रहरीसमेत ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको अबस्था छ ।

 

Your Views
Related News