१८ भदौ, काठमाडौं : टेक अवे तथा होम डेलिभरीमार्फत सेवा दिने गरी होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्न पाइने भएको हो ।

ग्राहक आउने र बस्ने सेवा पूर्ण रुपमा बन्द गरेर भित्रै वस्तु उत्पादन गर्ने र होमडेलिभरी तथा टेक अवेमार्फत ग्राहकलाई पुर्‍याउने गरी यस्तो व्यवस्था गरिएको छ ।

नयाँ मापदण्डअनुसार दिउँसो १ बजेदेखि बेलुकाको ७ बजेसम्म मात्रै होमडेलिभरी तथा टेक अवे सेवा प्रदान गर्न पाइने छ ।

‘होटल तथा रेष्टुरेन्ट खोल्न पाईने छैन, तर अनलाईनमार्फत आएका अर्डरलाई टेक अवे अथवा हामेडेलिभरीको माध्यमबाट ग्राहकलाई बिक्री गर्न सकिन्छ,’ स्रोतले जाल्पाखबरसंग भन्यो ।

त्यस्ता सेवा दिन चाहने व्यवसायीले टेक अवेको साधन तथा होम डेलीभरीकर्ताको विवरण भने प्रशासनमा बुझाउनु पर्नेछ ।

डेलीभरी गर्ने व्यक्ति वा टेक अवे सेवामा रहेका व्यक्तिको पीसीआर रिपोर्ट अनिवर्य नेगेटिभ हुनु पर्नेछ भने सरकारको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालन गर्नुपर्छ ।

 

Your Views
Related News