काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभाको एक रिक्त सदस्य पदमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको हो ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको रिक्त एक सदस्य पदमा सरकारको तर्फबाट उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने जानकारी गराउनुभएको हो ।

बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभाका एक रिक्त सदस्यका लागि पार्टीको निर्णयानुसार नै सरकारको तर्फबाट उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने निर्णय भएको जानकारी दिए।

यसअघि, गत फागुन १४ गतेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको हो ।

तर, प्रधानमन्त्री ओलीले निर्वाचनमार्फत् उहाँलाई प्रतिनिधिसभामा लैजाने आश्वासन देखाएपनि सो कार्यान्वयन नहुँदा वामदेवले केही दिनयता आफू राष्ट्रियसभामा जाने इच्छा राख्दै आउनुभएको हो ।

तर, डा. खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिन राष्ट्रियसभाको सदस्यमा पठाउन चाहेपनि बिहीबारको सचिवालय बैठमा भने प्रधानमन्त्रीले पार्टी निर्णयअनुरूप राष्ट्रियसभा सदस्यमा गौतम सिफारिस हुने जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
यसअघि, सिफारिससहित नियुक्त हुनुभएका राष्ट्रियसभा सदस्यमा डा. खतिवडा, रामनारायण बिडारी र विमला राई पौडेल हुनुहुन्छ । त्यसमध्ये डा. खतिवडाको दुईवर्षे कार्यकाल गत फागुनमा नै सकिएको थियो ।

अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएका खतिवडाको राष्ट्रियसभामा मनोनयन रोकिँदा अबको तीन दिनपछि नै अर्थ र सञ्चारमन्त्रीको पद खाली हुनेछ ।

यस्तै, बिहीबारको बैठकमा गएको साउन ३० गते पार्टीको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले भदौ ६ गते बुझाएको प्रतिवेदनमा पनि छलफल भएको जनाइएको छ ।काठमाडौं, भदौ १८ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभाको एक रिक्त सदस्य पदमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको रिक्त एक सदस्य पदमा सरकारको तर्फबाट उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने जानकारी गराउनुभएको थियो ।

बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभाका एक रिक्त सदस्यका लागि पार्टीको निर्णयानुसार नै सरकारको तर्फबाट उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

पछिल्लो केही दिनयता राष्ट्रियसभाको रिक्त पदमा कसलाई पठाउने भन्नेबारे नेकपामा रस्साकस्सी चलेको थियो ।

सरकारले सिफारिस गरी राष्ट्रियसभामा पठाउने एक सदस्यको पद गत फागुन २० गते नै रिक्त भएपछि छ महिनाका लागि डा. युवराज खतिवडालाई मन्त्री बनाउन मिल्ने संवैधानिक प्रावधानअनुरुप अर्थमन्त्री नियुक्त गरेपनि राष्ट्रियसभाको सदस्यको एक पद भने रिक्त नै थियो ।

यसअघि, गत फागुन १४ गतेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो ।

तर, प्रधानमन्त्री ओलीले निर्वाचनमार्फत् उहाँलाई प्रतिनिधिसभामा लैजाने आश्वासन देखाएपनि सो कार्यान्वयन नहुँदा वामदेवले केही दिनयता आफू राष्ट्रियसभामा जाने इच्छा राख्दै आउनुभएको थियो ।

तर, डा. खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिन राष्ट्रियसभाको सदस्यमा पठाउन चाहेपनि बिहीबारको सचिवालय बैठमा भने प्रधानमन्त्रीले पार्टी निर्णयअनुरूप राष्ट्रियसभा सदस्यमा गौतम सिफारिस हुने जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएका खतिवडाको राष्ट्रियसभामा मनोनयन रोकिँदा अबको तीन दिनपछि नै अर्थ र सञ्चारमन्त्रीको पद खाली हुन्छ ।

यस्तै, बिहीबारको बैठकमा गएको साउन ३० गते पार्टीको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले भदौ ६ गते बुझाएको प्रतिवेदनमा पनि छलफल भएको जनाइएको हो।

 

Your Views
Related News