पेरिस : अन्तिम समयमा गरेको गोलमा स्पेनले नेसन्स लिगको स्टुटगार्टमा भएको खेलमा जर्मनीलाई रोमाञ्चक १–१ को बराबरीमा रोकेको हो ।

प्रतियोगिताका खेलसँगै कोरोना भाइरस संक्रमणको महामारीपछि पहिलो पल्ट अन्तर्राष्ट्रिय फुटबल पनि सुरु भएको छ ।

लिग ए समूह फोरको खेलमा जर्मनीले चेल्सीका नयाँ अनुबन्धित खेलाडी टिमो वार्नरको गोलले अग्रता लिएको हो ।

तर इन्ज्युरी समयको पाँचौं मिनेटमा लिड्सका जोसे लुइस गायाले स्पेनका लागि बराबरी गोल फर्काएका हुन ।

यसै समूहको अर्को खेलमा युक्रेनले स्विजरल्यान्डलाई २–१ ले हरायो ।

लिग बी समूह थ्रीमा रुसले सर्बियालाई ३–१ ले हरायो भने हंगेरीले टर्कीमाथि १–० को जित हासिल गर्यो ।

 

Your Views
Related News