पछिल्ला तीन सातामा गृहमन्त्री एमआई :१७ हेलिकप्टरमा सिन्धुपाल्चोकदेखि अछाम र बाजुरासम्म राहतका पोका लिएर पुगेन । उनले काठमाडौं-अछाम, काठमाडौं-सिन्धुपाल्चोक र काठमाडौं-पोखरा हेलिकप्टरमा करिब ५ घण्टाभन्दा धेरै समय खर्चिएका हुन् । जसअनुसार सेनाको हेलिकप्टर भाडा मात्रै ३५ लाख रुपैयाँभन्दा माथि पुगेको हो ।

काठमाडौँ : बागलुङको ढोरपाटन नगरपालिकाको ७, ८ र ९ वडामा बुधबार राति बाढीपहिरो गएलगत्तै बिहीबार बिहान ६ बजेतिर बागलुङका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित प्रहरी, सशस्त्र र सेनाका जिल्ला प्रमुखको टोली चारवटा गाडीमा घटनास्थलतर्फ हिँडेको हो ।

गृहमन्त्री रामबहादुर थापा सेनाको हेलिकप्टरमा घटनास्थल आउँदै गरेको खबर पाएपछि प्रहरी, सशस्त्र र सेनाका करिब २६ जनाको टोली गाडी र पैदल गरेर झन्डै ७ घण्टाको दूरीमा रहेको घटनास्थल पुग्न हतारिएका हुन।

नेकपाले दिउँसो ३ बजेका लागि सचिवालय बैठक डाकेको हो । बैठकमा आइपुग्ने गरी गृहमन्त्री थापा घटनास्थल अवलोकन गर्न उडेका हुन् ।

उनी काठमाडौंबाट सेनाको एमआई–१७ हेलिकप्टर लिएर उडे पनि खराब मौसमका कारण बीचैबाट फर्केर पोखरा आउनुपर्यो । हेलिकप्टर पाइलटले अघि बढ्न नसकिने जानकारी गराएपछि गृहमन्त्री फर्किएका हुन् । बिहान पौने ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बागलुङका लागि उडेको हेलिकप्टर स्याङ्जाको आकाशबाट अघि बढ्न सकेन । पोखरामा केही घण्टा बसेर घटनास्थल नगई काठमाडौं फर्किए ।

उहाँ  प्रतिघण्टा ७ लाख ७४ हजार २ सय ७९ रुपैयाँ भाडा लाग्ने सेनाको हेलिकप्टरमा गएका हुन् । भाडा राष्ट्रिय विपद् व्यवस्थापन कोषले तिर्नुपर्नेछ ।

थापा विपद् स्थलमै सैनिक हेलिकप्टर लिएर पुगिहाल्ने प्रवृत्तिले पीडितलाई राहतभन्दा आउजाउ र सरकारी संयन्त्रको परिचालनमा ठूलो धनराशि खर्च हुन पुगिरहेको छ ।

गृह स्रोतका अनुसार पछिल्ला चारवटा घटनामा सेनाको हेलिकप्टर प्रयोग गरेबापत विपद् व्यवस्थापन कोषले ३५ लाख हाराहारी भाडा को रुपमा खर्च भैसक्यो । उड्डयन क्षेत्रका एक जानकारका अनुसार गृहमन्त्रीले काठमाडौं-अछाम, काठमाडौं-सिन्धुपाल्चोक र काठमाडौं-पोखरा हेलिकप्टरमा उड्दा ५ घण्टाभन्दा धेरै समय खर्चिएका हुन् ।

 

Your Views
Related News